राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा निर्विरोध १८ मध्ये १४ केन्द्रीय सदस्य चम्लागाईं समूहका
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
3.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशन पार्टी मुख्यालय सानेपामा चलिरहेको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ ।
जसमा १८ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । तीमध्ये १४ केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईं समूहका हुन् । निर्विरोध निर्वाचित १४ मध्ये खुला महिलामा २ जनासमेत हुन् । निर्वाचित भएका महिला सदस्यमा प्रभा आङदम्बे र प्रेमगीता बस्नेत चम्लागाईं समूहका हुन् ।
त्यसैगरी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी हेलेना श्रेष्ठ, अर्जुन तामाङ, अङ्गुरा बस्नेत, बलदेव मण्डल, शोभा लामा, बिरु कमल श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, रजनी शाह, रमा आरसी, जनकबहादुर शाही, कृष्णबहादुर बुढा, देबुकुमारी कामी बिक रहेका छन्।
५१ सदस्य कार्यसमितिमा ३९ पदमा निर्वाचन भइरहेको छ। १८ पदमा निर्विरोध भएपछि बाँकी २१ पदमा शनिबार निर्वाचन हुँदैछ । १२ पदमा भने कार्यसमितिले मनोनयन गर्नेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार शुरु भएको महाधिवेशन शनिबार निर्वाचन गरेर सकिनेछ।
नेतृत्वका लागि चम्लागाईंसँगै विकास थापा र कल्पना खड्का चुनावी मैदानमा छन् । निर्विरोध सदस्यहरुमा दुई तिहाई आफ्नो पक्षका पार्न सफल चम्लागाईं बलियो देखिएका छन् ।