कांग्रेस कार्यसम्पादन समिति बैठकले गर्यो यी सात निर्णय [फोटोफिचरसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
3.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले विभिन्न सात निर्णय गरेको छ । पार्टी मुख्यालय बीपीनगर सानेपामा आइतबार बेलुकी सम्पन्न बैठकले समसामयिक राजनीतिक विषयवस्तु, नेपाली जनसम्पर्क समिति, पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सम्बन्धी, स्ववियु निर्वाचन सम्बन्धी, सिराहा घटना सम्बन्धी र अनुमोदन सम्बन्धी निर्णय गरेको हो ।
बैठकमा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधी, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बलबहादुर केसी, ज्ञानन्द्रबहादुर कार्की, डा नारायण खड्का, सुजाता कोइराला, एनपी साउदले आफ्नो धारणा राखेका थिए ।