बस्दै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
2.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा उक्त बैठक बस्ने कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाहीको समीक्षा र पार्टीको भावी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत मंगलबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।