arrow

बस्दै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा उक्त बैठक बस्ने कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् । 

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,  सरकारको कामकारबाहीको समीक्षा र पार्टीको भावी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत मंगलबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ