काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा आएको गणतन्त्र र संघीयतासहितका परिवर्तन कसैले हल्ला गरेर नजाने बताएका छन् ।
नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले परिवर्तनबाट पछि फर्किन नसकिने बताए ।
‘परिवर्तन नै जान्छ कि जस्तो, गणतन्त्र नै जान्छ कि जस्तो, गणतन्त्र आएकै दिन देखि त्यो देखिएकै हो, राजाविरुद्द बोल्नै नपाइने, संसदमा प्रश्न उठाउनै नपाइने अवस्था थियो, दरबारको प्रसासन राजाकै पहुँमा थियो, त्यही अवस्थामा वीरेन्द्रको वंश नाश भयो, त्यो बेला नै राजालाई संसद मातहत राखेको भए सायद त्यस्तो घटना पनि हुने थिएन होला', सिटौलाले भने।
उनले गणतन्त्रको प्राप्तिपछि जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएको पनि बताए। ञपरिवर्तनपछि देशमा जनताले स्वतन्त्रताको अनुभुती गर्न पाएका छन, आफ्ना कुरा राख्न पाएका छन, त्यो भन्दा अघि कस्तो थियो, अहिले केछ, तुलना गरौं।झ सिटौलाले अघि थओए।
उनले राज्य संरचनामा अब्स्नेहरुको कमजोरीका कारण ब्यवस्थामाथि बेलाबखत प्रश्न उठ्ने गरेको भन्दै भने,'राज्य संरचनामा बस्नेहरुको कमजोरीका कारण केही भएन भन्ने प्रश्न पनि उठ्छ, राज्य संरचनामा बस्नेहरु सुधिर्नु पर्छ, जनतालाई सेवा प्रवाहमा ढुक्क हुने वातावरण नबन्दा प्रश्न उठ्न सक्छ।'
सिटौलाले संविधान संसिधनका विषयमा पनि दलहरुबिच सहमतिको आवश्यकता औंल्याए।
उनले भने, 'संविधान जड वस्तु होइन, संशोधन गर्नै पर्ने भए गर्नु पर्छ, संविधान संसोधन देशको हितमा छ भने हुन्छ, कांग्रेस एक्लैको मतले पुग्दैन, एमालेसँगको सरकार छ, एमाले मात्र जोडिएर पनि पुग्दैन, अरुलाई पनि साथ लिनै पर्छ, देशको हितमा भएका कुरामा कांग्रेसले अग्रसरता लिनै पर्छ, लिन्छ।'
समन्वय विभागका प्रमुख दिनेश कोइरालाको नेतृत्वमा भएको कार्यक्रममा विदेश गएर विभिन्न पेशा ब्यवसायमा आवद्ध भएर फर्किएका ब्यक्तिहरुले देशमा काम गर्ने वातावरण कांग्रेसकै अगुवाइमा बन्नु पर्ने धारणा राखेका थिए।
यस्तै विदेशको भुमिमा पार्टीको विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेर फर्किएकाहरुलाई पार्टीले जिम्मेवारी दिन कन्जुस्याइँ गर्न नहुने धारणासमेत उठेको थियो।