एक लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राख्यो एनएमबी बैंकले
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
504
Shares
काठमाडौँ । एनएमबी बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिनभित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौँमा आवेदन दिनु पर्नेछ । उक्त समयमा हाल कायम संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।