arrow

एनएमबि बैङ्कद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
nmb-bank-supports-40-students-crs-may-2026.jpg

काठमाडौँ। एनएमबि बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो।

कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबि बैङ्क लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजीव रञ्जित लगायतले संयुक्त रूपमा वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै एनएमबि बैङ्कका गण्डकी प्रदेश प्रमुख राजीव रञ्जित ज्यूले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैङ्कको सहकार्य निरन्तर रहने बताए।

एनएमबि बैङ्कले हाल देश भरी १९८ शाखाहरू, १७६ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ