arrow

भेगीगांगामा अपाङ्गता भएका व्यक्तिहरूलाई एनएमबि बैङ्कको सहयोगमा सहायता सामाग्री वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
nmb-disabilities-surkhet-CSR-march-2026.jpg

काठमाडौँ। एनएमबि बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ।

सामाजिक विकास मन्त्रालय को आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको “अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम” अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरू वितरण गरिएको हो।

कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख श्री यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैङ्कका लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुबेदी लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख सहयोग प्रदान गरेको छ। एनएमबि बैङ्कले हाल देश भरी २०२ शाखाहरू, १८४ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ