एनएमबि बैङ्कलाई कमर्ज बैङ्क जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १२ शनिबार
201
Shares
काठमाडौँ। एनएमबि बैङ्कले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैङ्क एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (स्ट्रेट थ्रू प्रासेसिङ्ग) अवार्ड २०२५’ प्राप्त गरेको छ।
यो अवार्ड अन्तर्राष्ट्रिय बैङ्किङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो। यो अवार्ड पूर्ण रूपमा स्वचालित र सरल ढङ्गले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रधान गर्ने सीमित बैङ्कहरू मात्र प्रदान गरिन्छ। यसले एनएमबि बैङ्कको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँदछ।
यस अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे भन्छन्, “हाम्रा ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैङ्किङलाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो। उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ।”
यस उपलब्धिले एनएमबि बैङ्कलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको छ।
एनएमबि बैङ्कले हाल देश भरी १९८ शाखाहरू, १८४ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।