arrow
ADVERTISEMENT

एनएमबि बैङ्कद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर पीटूपी) सेवाको सुरुवात

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
nmb-cross-border-payment-june-2026.jpg

काठमाडौँ। एनएमबि बैङ्क लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल पीटूपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुने बैङ्कले जनाएको छ।

यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन्। अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबि बैङ्कमा रहेको तपाईँको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ। पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैङ्क खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन। बैङ्कले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना (भीपीए) बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ।

यो सेवालाई सबैको पहुँचमा पुर्‍याउन बैङ्कले अत्यन्तै सरल बनाएको छ। ग्राहकहरूले आफ्नो मोबाइल बैङ्किङ एप वा बैङ्कको वेबसाइटबाट आफैँ यो सेवा प्रयोग गर्न सक्नुहुन्छ भने जुनसुकै शाखामा गएर कर्मचारीहरूको मद्दतबाट पनि यो सेवा सजिलै सुरु गर्न सक्नुहुनेछ। घर खर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकता अनुसार रकम प्राप्त गर्न थप सहज हुनेछ। ग्राहकको मिहिनेतको कमाइ पूर्ण रूपमा सुरक्षित होस् र सही ठाउँमा पुगोस् भन्नका लागि बैङ्कको आन्तरिक प्रणालीले यसको निरन्तर निगरानी र सुरक्षा समेत गरिरहेको हुन्छ।

एनएमबि बैङ्कले हाल देश भरी १९८ शाखाहरू, १७६ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ