एनएमबि बैङ्क द्वारा दिगो भविष्यका लागि ग्रिन सेभिङ्स डिपोजिट सुरु
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
483
Shares
काठमाडौँ। एनएमबि बैङ्कले ग्रिन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ। यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैङ्कले जनाएको छ।
सो खाताबाट ग्राहकहरूले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन्। एनएमबि बैङ्कको ग्रिन सेभिङ्स डिपोजिट खाता खोली, यहाँले पनि जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न सक्नु हुनेछ।
एनएमबि बैङ्क पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खाता मार्फत यहाँले पनि आफ्नो प्रतिबद्धता जनाउन सकिने बैङ्कले जनाएको छ।
एनएमबि बैङ्कले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।