arrow

सभामुखसँग प्रमुख सचेतकहरूको बैठक

मंगलबार संसद्‌मा प्रचण्डको सम्बोधन, बुधबार प्रतिस्थापन विधेयक प्रक्रिया अघि बढाइने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
prachanda-parliament-11-24.jpg

काठमाडौँ । संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकले सो निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने बताए । उनले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए । 

उनले भने, ‘बैठक विशेष गरी भोलि २७ गते र २८ गते प्रतिनिधि सभाको बैठक बस्छ । सरकारले अहिले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिस्थापन विधेयक पनि संसद्मा दर्ता गरिसकेको छ । त्यसलाई कार्यसूचीमा समावेश गर्ने विषयमा आज छलफल भएको हो । त्यसलाई २८ गतेको बैठकमा प्रतिस्थापन विधेयकलाई कार्यसूचीमा समावेश गरेर जाने भन्नेगरीको छलफल भयो । संसद्मा सरकारले दर्ता गरेको ५ वटै प्रतिस्थापन विधेयकलाई २८ गते नै पेस गरे प्रक्रिया आरम्भ गर्छौँ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसद्मा बोल्नका लागि संसद्सँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ । लोकतन्त्र र गणतन्त्रका विरुद्धमा केही अराजकतावादी शक्तिहरूले जुन ढङ्गले गलत तरिकाले संविधानलाई अवमूल्यन गर्ने गरी जे गतिविधि भएका छन् ती गलत हुन्, त्यसलाई कुनै पनि हिसाबले स्वीकार गर्न सकिँदैन । संसद्ले पनि ख्याल पुर्‍याउनुपर्छ भन्ने छलफल भएको छ ।’

छलफलमा लोकतन्त्र र गणतन्त्रका विरुद्धमा केही अराजकतावादी शक्तिहरूले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसद्बाट पनि त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ