arrow

कांग्रेसको  ‘मिसन रोजगारी’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
congress-rojgar-81-11-25t.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिले  ‘मिसन रोजगारी’ अभियान शुरु गरेको छ ।  ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ शुरु भएको अभियानको उद्घाटन तथा ‘अब रोजगारका कुरा गरौं’ विषयमा गोलमेच छलफल कांग्रेस पार्टी मुख्यालय बीपी स्मृति भवन सानेपामा आइतबार भएको हो । 

उक्त कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै महामन्त्री थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए । उनले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रम शक्ति रहेको बताए । 

उनले नेपालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको बताए । उनले विदेशमा बिनासिपको श्रम शक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको दाबी गरे । नेपालमा युवा जनशक्तिलाई सीप प्रदान गर्नुपर्ने वा सीप अनुसारको रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले देशमा ठूलो जनसङ्ख्या रोजगारबाट विमुख भएको तथा रोजगार पाएकाले पनि कम पारिश्रमिक पाएका कारण विदेश जान बाध्य भएको बताए । 

सुनका गहना बनाउनेलगायत कतिपय रोजगारमा नेपाली युवाको अरुचिका कारण अधिकांश कामदार विदेशबाट आउने गरेको उनको भनाइ छ । 

त्यस्तै अर्का महामन्त्री शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन् । उनले राजनीतिक दलहरूले राजनीतिक विषयहरू बाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने बताए । 

उनले जलवायु परिवर्तन, जलवायु उत्पादन र व्यापार, पूर्वाधार निर्माणमा गति दिने कुराहरू सबै राजनीतिक दलहरूको साझा विषय बन्नुपर्ने बताए । रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हुनुपर्ने र यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए । 
 

congress-mission-employement (1).jpg
congress-mission-employement (2).jpg
congress-mission-employement (3).jpg
congress-mission-employement (4).jpg
congress-mission-employement (5).jpg
congress-mission-employement (6).jpg
congress-mission-employement (7).jpg
congress-mission-employement (8).jpg
congress-mission-employement (9).jpg
congress-mission-employement (10).jpg
congress-mission-employement (11).jpg
congress-mission-employement (12).jpg
congress-mission-employement (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ