काठमाडौँको आश्रयस्थलमा टिपर छिर्यो, सुतिरहेका तीन जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
844
Shares
काठमाडौँ । काठमाडौंको शंकरापुर नगरपालिका ६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २१ वर्षका आकाश र २१ वर्षकै सुमन रहेका छन् भने अर्का ४५ वर्षका हरिजन रहेका छन् ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करीब ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको प्रहरीले जानकारी दिएको छ ।
टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ ।