arrow

स्वास्थ्य सेवा व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार - स्वाथ्यमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
pradip-poudel-09-19.jpg
तस्बिर – फाइल ।

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताएका छन् । 

मोरङको उर्लावारी-५ मा रहेको अरनिको हस्पिटलमा सिटी स्क्यान सेवा उद्घाटन गर्दै उनले निजी क्षेत्रले सस्तो र सर्वसुलभ सेवा दिनसके प्रभाव थप विस्तार हुने बताए । 
 
मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गर्न र यस क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताए ।
 
अरनिको हस्पिटल प्रालिले १२ वर्ष प्रवेश गरेसँगै सिटी स्क्यान सेवा सुरु गरेको हो । रु चार करोडको लागतमा यो सेवा सुरु गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ