arrow

भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रवैयाको भण्डाफोर गर्न जरुरी - प्रचण्ड [भिडियो]

कसैको दया र मायाले माओवादी ठूला पार्टी बनेको होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
prachanda-11-13.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रवैयाको विरोध र भण्डाफोर गर्न जरुरी रहेको पनि बताएका छन् । मंगलबार मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका विरुद्ध चलाएकै कारण सरकारबाट हट्नुपरेको दोहोर्‍याए । 

उनले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताए। उनले कसैको दया र मायाले आफू तीन-तीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गरे ।

 प्रचण्डले भने, ‘दलाल, बिचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रवैयाको विरोध र भण्डाफोर गर्न जरुरी छ । मलाई लाग्छ, नेपाली जनताले आम रूपमा बुझेको कुरा के छ भने यो सरकार जो बन्यो, मेरो नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका विरुद्ध चलाएको अभियान, चाहे त्यो राजनीतिक दलका नेताहरू होउन्,चाहे ठूला हाकिमहरू हुन्, चाहे भूमाफिया, बिचौलियाहरू हुन्, तिनीहरूको विरुद्ध अभियान चलाएकै हुनाले उनीहरूले नै पार्टीका नेताहरूलाई कन्भिन्स गरेर भनौँ, वा कडा भाषामा भन्दा किनेर, दलालहरूलाई खरिद गरेर र हामीलाई बाहिर पुर्‍याए । हामीलाई कसैले दया माया गरेर देशको ठूलो पार्टी बनाएको होइन, कसैले दया माया गरेर तीन तीन पटक प्रधानमन्त्री बनाइदिएको होइन । नेपाली जनताको भरोसा र विश्वास, त्याग र तपस्या, जनताका माग र मुद्दाप्रति लिएको अडानकै कारण जनताले पुर्‍याएको हो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ