arrow

माओवादी राजनीतिः प्रचण्ड सहभागी हुने भन्दै विद्यालयहरु बन्द गर्न दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
maobadi-prachanda-81-11-13.jpg

विराटनगर । माओवादी केन्द्रले शुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको कार्यक्रम हुने दिन विद्यालय बन्द गरिदिन दबाब दिएको छ । 

मोरङको कानेपोखरीमा आज माओवदी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु आउने र जागरण सभा गर्ने भन्दै कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय बन्द गर्न माओवादीले पत्र पठाएको हो ।

माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न दवाब दिएका हुन् । स्थानीय तह निर्वाचनमा कानेपोखरी गाँउपालिकामा एक जना पनि जनप्रतिनिधि माओवादीबाट निर्वाचित भएका छैनन् ।

सोमबार झापाबाट शुरु भएको माओवादीको यो अभियान आज मोरङमा हुँदैछ भने १५ गते सुनसरीमा गर्ने तालिका रहेको छ । माओवादीले देशभर चैत ७ गतेसम्म यो अभियान गर्ने तालिका नै प्रकाशित गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ