गणतन्त्रमाथि प्रश्न उठाउन खोजिएको छ - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
734
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् । सोमबार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै प्रचण्डले अहिलेको परिवर्तन त्यत्तिकै नआएको बताए । उनले हजारौँ वीर शहीदहरूको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताए । माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन । तपाईँ हाम्रा हजारौँ वीर छोराछोरीहरूले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरूले तपाईँ हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन । तपाईँ हामीले रगत बगाएर त्याग, तपस्या गरेर वीरता बलिदानका धेरै कीर्तिमानहरू कहिल्यै नमेटिने गरी तयार पारिएका बलमा मात्रै यो परिवर्तन सम्भव भएको हो । अहिले यो परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ । अहिलेको संविधानमा एकथरी मान्छेहरूले त्यसको प्रस्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्छन् ।’
प्रचण्डले एक थरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको बताए ।