arrow

कांग्रेसले मधु आचार्य प्रमुख रहेको स्थानीय तह विभागमा १० जनालाई गर्‍यो मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा १० जनालाई मनोनित गरेका छन् । 

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा देउवाले १० जनालाई मनोनित गरेका हुन् । 

मनोनयन भएका सदस्यहरूमा ललितपुरकी गीता सत्याल, बाँकेकी उमा थापा, महोत्तरीका विनोद यादव, मोरङका रविन राई र चितवनका डा हेमराज लामिछाने हुन् । 

त्यस्तै काभ्रेका पुरुषोत्तम नेपाल, गोखराका राजु गुरूङ, धादिङका बाबुकृष्ण सापकोटा, जुम्लाका गोरखबहादुर सुनार र कैलालीका निर्प खड्का रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ