arrow

अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य अस्पतालमै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
bishnu-poudel-fire-discharg.jpg

काठमाडौं । बेलुन विष्फोट हुँदा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका पौडेल सोमबार दिउँसो डिस्चार्ज भएका हुन् । 

उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ । उनीसँगै उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने हृदयरोग विशेषज्ञको परामर्शमा अस्पतालमै राखिएको छ । 

उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो । आचार्यको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको अस्पतालले जनाएको छ । 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । पोखरामा सामान्य उपचार गरेसँगै दुवैलाई हेलिकप्टरमा कीर्तिपुर बर्नँ अस्पताल ल्याएर भर्ना गरिएको हो । 

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो । उनको गालाको छाला डढेको छ भने कपाल पनि डढेको छ । 

उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । तुलनात्मक रुपमा पौडेललाई कम असर परेको थियो । 

शुरुआतमा महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको थियो भने उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । 

bishnu-poudel-fire-discharge (1).jpeg
bishnu-poudel-fire-discharge (2).jpeg
bishnu-poudel-fire-discharge (3).jpeg
bishnu-poudel-fire-discharge (4).jpeg
bishnu-poudel-fire-discharge (5).jpeg
bishnu-poudel-fire-discharge (6).jpeg
bishnu-poudel-fire-discharge (7).jpeg
bishnu-poudel-fire-discharge (8).jpeg
bishnu-poudel-fire-discharge (9).jpeg
bishnu-poudel-fire-discharge (10).jpeg
bishnu222.jpg
bishnu234242.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ