नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ - उपप्रधानमन्त्री सिंह
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
527
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् । बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भए पनि अहिले त्यो अवस्था नरहेको बताए ।
उनले अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरू पनि नेपालकै क्याम्पसहरूमा अध्ययन गर्न सकिने अवस्था रहेको उल्लेख गरे । उनले नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरूले विशेष ध्यान दिन जरुरी रहेको बताए ।
उनले भने, ‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सीमित विषयहरू छान्न पाउने गर्दथ्यौँ । तर अहिले त्यो अवस्था छैन । हामीले धेरै विषयहरू छानेर अध्ययन गर्नसक्छाँै । अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरू अहिले नेपालमै बसेर पढ्न मिल्छ । यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ ।’