काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । बिहीबार बिहान संसद्को ल्होत्से हलमा बैठक शुरु भएको हो ।
बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिनेछन् ।
गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए ।
सोही विषयमा मन्त्री र पदाधिकारीहरूले आज जवाफ दिनेछन् । साथै आज बस्ने संसद्को बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरूमा छलफल हुनेछ ।