arrow

कांग्रेस संसदीय दलको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
congress-parliments.jpg

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।  बिहीबार बिहान संसद्को ल्होत्से हलमा बैठक शुरु भएको हो । 

बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिनेछन् । 

गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए । 

सोही विषयमा मन्त्री र पदाधिकारीहरूले आज जवाफ दिनेछन् । साथै आज बस्ने संसद्को बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरूमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ