arrow

कांग्रेसको व्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य  नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।

जसअनुसार, राजकुमार पाण्डे, काठमाडौँ,  ज्ञानबहादुर शाही, जाजरकोट, देवकीदेवी सिंह, डडेल्धुरा, कल्पना श्रेष्ठ, भक्तपुर, श्यामकृष्ण महर्जन, काठमाडौँ, सरिता बिसी, रुकुम पूर्व, विजयजंग बस्नेत, मोरङ, प्रेमबहादुर विक, नवलपरासी, सञ्जिव पुडासैनी, गोरखा, सपुतबहादुर कार्की, रौतहट हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ