arrow

नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन

नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन [फोटोफिचर]

भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धनसमेत हुने विश्वास लिएर कार्यक्रम संचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
congress-startup-sana-majha.jpg

काठमाडौँ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन” शुरु भएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा भएको यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धनसमेत हुने विश्वास लिएर कार्यक्रम संचालन गरिएको कांग्रेसले जनाएको छ । 

सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रमस्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारीसमेत गराउने छन् ।

दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्र मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरू बीच छलफल गरिने छ । 

उक्त सम्मेलनको कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसकेको बताएका छन् । 

उनले नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको बताए । देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । 

गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताए । पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताए । उनले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयास गरिरहेको बताए । 

थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताए । नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले नेपाली कांग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएको बताए ।

उनले सरकारले उद्यमी व्यापारी, व्यवसायीहरूले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरू अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानून ल्याएको बताए । मुलुकको समृद्धिका लागि सूचना प्रविधि प्रवर्द्धन, राजनीतिक स्थिरता र प्राकृतिक श्रोत, मानव संसाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास जरुरी रहेको बताए । 

congress-startup-sana-majhaula (1).jpg
congress-startup-sana-majhaula (2).jpg
congress-startup-sana-majhaula (3).jpg
congress-startup-sana-majhaula (4).jpg
congress-startup-sana-majhaula (5).jpg
congress-startup-sana-majhaula (6).jpg
congress-startup-sana-majhaula (7).jpg
congress-startup-sana-majhaula (8).jpg
congress-startup-sana-majhaula (9).jpg
congress-startup-sana-majhaula (10).jpg
congress-startup-sana-majhaula (11).jpg
congress-startup-sana-majhaula (12).jpg
congress-startup-sana-majhaula (13).jpg
congress-startup-sana-majhaula (14).jpg
congress-startup-sana-majhaula (15).jpg
congress-startup-sana-majhaula (16).jpg
congress-startup-sana-majhaula (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ