काठमाडौँ । शेयर बजार बुधबार र बिहीबार बन्द हुने भएको छ । आज बुधबार शहीद दिवस र भोलि बिहीबार माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।
तसर्थ सो दिन सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब शेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमित रुपमा खुला हुनेछन् ।
यो साता शुरुका दुई दिन शेयर बजार ओरालो लागेकामा मंगलबार भने सकारात्मक भएको थियो ।