नेप्सेमा चमकः एकैदिन ५२ अंकको वृद्धि, नौ अर्ब २० करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
540
Shares
काठमाडौँ । नेप्से परिसूचक नेप्सेमा आज चमक देखिएको छ । शेयर बजार आज सकारात्मकमात्र गएन केही समयदेखि ओरालो लागेको कारोबार पनि ह्वात्तै बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५२.३६ अंकले बढ्दा कारोबारसमेत नौ अब २० करोड ३० लाखको भएको छ ।
योसँगै नेप्से परिसूचक २ प्रतिशतले बढेर २,६६५.४५ विन्दुमा पुगेको छ । त्यस्तै कारोबार रकम गत मंसिर १९ गतेपछिकै उच्च हो । मंसिर १९ मा नौ अर्ब १३ करोड २४ लाख रुपयाँको शेयर खरिद बिक्री भएको थियो ।