arrow

हामी जनचाहना अनुसार काम गरिरहेका छौँ - उपप्रधानमन्त्री सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
prakashmanss.jpg

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । 

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उनले बताए । 

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे । 

उनले भने, “सरकारले नयाँ शहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ शहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ