arrow

जिम्मेवारी बाँडफाँट र हेरफेर गर्न बस्दै माओवादी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने भएको छ । जसका लागि केन्द्रीय पदाधिकारीको बैठक डाकिएको छ । 

बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बस्ने जनाइएको छ । सो बैठकमा पदाधिकारी नेताको कार्यविभाजन, उमेर हदबन्दीले अवकाशप्राप्त विद्यार्थी नेताको व्यवस्थापनलगायत समसमायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

गत माघ २ गते बसेको बैठकमा उपाध्यक्ष पम्फा भुसालले कार्यविभाजन सम्बन्धी प्रस्ताव मौखिक रूपमा पेस गरे पनि तयारी नपुगेको भन्दै कुनै जिम्मेवारी बाँडफाँट तथा हेरफेर गरिएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ