हिउँदे अधिवेशनका लागि दबाब दिन विपक्षी दलहरुको संयुक्त पत्रकार सम्मेलन, शीर्ष नेताले सम्बोधन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
2.3k
Shares
काठमाडौँ । संघीय संसदका विपक्षी ६ दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । बुधबार बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।
आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ। विपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकेको थियो ।
आजको पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ। समय र स्थान बारेमा भने खुलाइएको छैन ।