अध्यक्ष दाहालको आरोप- सरकारले ८० प्रतिशत नागरिकलाई दूषित पानी खुवाएको छ [भिडियो]
बरु नखुवाउँदै ठिक हुन्छ नि
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
527
Shares
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको आरोप लगाएका छन् ।बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दूषित पानी खुवाएको बताए ।
उनले नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने बताए । उनले शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको बताए । उनले तथ्याङ्कमा अब्बल देखाउनका लागि मात्रै गरिएको कामले प्रतिफल नदिने बताए ।
उनले भने, ‘हामीले पानी त ख्वायाँै तर दूषित पानी खुवाइरहेका छौँ । यो त गम्भीर विषय भयो नि । बरु नखुवाउँदै ठिक हुन्छ नि । खानेपानी हामीले ९० प्रतिशत भन्दा माथि जनसङ्ख्यालाई खुवायौँ भनेका छौँ । तर करिब त्यो मध्येको ८० प्रतिशत जनतालाई त दूषित पानी खुवाएका छौँ । जिउँदै मार्ने टाइपको । यो विषय कति गम्भीर छ । शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ । त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ । किन १० लाख १५ लाख विद्यार्थी शुरुमा हुन्छ, अन्तिममा पुग्दा माध्यमिक विद्यालयसम्म पुग्दा ५ लाख पनि हामी बुझाउन धौ धौ । हामी डाटामा आफूलाई अब्बल देखाउनको निम्ति खाजा भन्ने वस्तु देखाउँछौँ, र भर्नातिर ल्याउँछौँ । क्वान्टिटिमा बढी ध्यान दिने तर क्वालिटीमा छैन ।’