ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिकको हेलिकप्टरमार्फत उद्धार
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
434
Shares
फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित युनाइटेड मेवाहाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए । उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।
फेटोजाको बायाँ हात भाँचिएको छ भने पेटमा समेत चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।