arrow

कोशी प्रदेशकै लामो झोलुङ्गे पुल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
koshi-jholunge-pool.jpg

काठमाडौँ । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्ने देशकै तेस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

बिहीबार झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको उद्घाटन गरेका हुन् । यससँगै पुल कोशी प्रदेशकै लामो पुल बनेको छ । बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४७७ मिटर लम्बाइको झोलुङ्गे पुल बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । पुल उद्घाटन गर्दै महामन्त्री शर्माले पुल आवतजावतको लागि सहज मात्रै नभई यसले स्थानीयवासीको जीवन बदल्ने विश्वास लिएको बताए । 

अब बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरूलाई मात्रै जोड्ने नभई पुलले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयवासीको आशा छ । सोही आशा यथार्थमा परिणत हुने विश्वास आफूहरूले लिएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले बताए । 

पुलमा अहिलेदेखि नै मानिसहरूको घुइँचो लाग्न थालेको छ । गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री शर्माले पुलको शिलान्यास गरेका थिए । 

थानी जगदम्बा जेभी काठमाडौँले निर्माण गरेको झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा पारेको थियो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि करिब ६ महिनामै उक्त काम सम्पन्न भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ