arrow

अवकाशमा जानै लागेका चार डीआईजीको यसरी लम्ब्याइयो एक वर्ष म्याद 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डीआईजीहरुको पदावधि थप गरिएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २४ राति १२ बजेबाट पदावधि सकिन लागेका डीआईजीहरूको एक वर्ष पदावधि थप गरेको हो ।

पदावधि थपिनेहरूमा कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्ष हुन्छ ।

उनीहरू २४ गते राति १२ बजेबाट अवकाशमा जान लागेका थिए। त्यसअघि नै मन्त्रिपरिषदले म्याद थप गरेको हो।

नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने प्रावधान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ