arrow

कोशी कांग्रेसको 'कचनकवल-सगरमाथा जागरण अभियान'को तयारी पूरा

logo
रामकुमार परियार,
प्रकाशित २०८१ पुष २२ सोमबार
congress-kachanakawal.jpg

मोरङ । नेपाली कांग्रेस कोशी प्रदेशले यही पुस २४ गतेबाट आयोजना गर्ने कचनकवल -सगरमाथा जागरण अभियानको तयारी पूरा भएको जनाएको छ ।

नेपालकै होचो भू-भाग झापाको कचनकवलमा आगामी बुधबार उद्घाटन गर्ने अभियानको सम्पुर्ण तयारी पूरा भएको कोशी कांग्रेसका प्रवक्ता यदु विष्टले जानकारी दिए ।

संगठन सुदृढीकरण , ऐतिहासिक खोज ; सम्वृद्दीका आधार र जलवायु परिवर्तनको मुख्य उद्देश्य सहित सञ्चालन गर्ने अभियानको उद्घाटन समारोहमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित केन्द्रीय नेताहरुको उपस्थिति रहने प्रवक्ता विष्टले बताए ।

उद्घाटन समारोहमा कोशी कांग्रेस स्वास्थ विभाग र ॐ साई पाथिभरा हस्पिटलको सहयोगमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुनेछ भने नेविसंघ र तरुण दलको संयोजनमा रक्तदान आयोजना गरिने उनले बताए । 

कार्यक्रममा सबै केन्द्रीय सदस्यहरुले शान्तिको प्रतीकका रूपमा परेवा उडाउने छन् भने  कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरुले सगरमाथा र तराईको प्रतीकका रुपमा सेतो र निलो बेलुन उडाउने बताइएको छ ।

उद्घाटन समारोहमा २०२८ सालको वामपन्थी आन्दोलन , झापा आन्दोलन र माओवादीको ससस्त्र युद्द सहित विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदहरु बुटन चौधरी , गोपाल टुडु , उत्तरकान्त चौधरी , विश्वनाथ घिमिरे , राम आचार्य , श्यामसुन्दर यादव , सुरज विश्वास लगायतको परिवारलाई सम्मान गरिने बताइएको छ ।

सात महिना सञ्चालन हुने जागरण अभियान प्रत्येक महिना २ जिल्लामा उक्त जिल्लाको पहिचान र विशेषताका आधारमा सञ्चालन हुने र असार २० गते सगरमाथाको आधार शिविरमा समापन हुने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ