arrow

माइतीघरमा उभिएर विरोध गरिरहेका नेत्र चापागाईँलाई भेटिन् शिक्षामन्त्रीले  [भिडियो]

ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छ: शिक्षामन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
bidhya-bhattrai-22.jpg

काठमाडौँ । शिक्षा सुधारका लागि भन्दै काठमाडौँको माइतीघर मण्डलामा उभिएर विरोध जनाइरहेका नेत्र चापागाईँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भेट गरेकी छन् । सोमबार शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्र सुधारका लागि सरकारलाई दबाब दिन उभिँदै आएका चापागाईँसँग भेट गरेकी हुन् । 

ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे मागसहित उनले प्रदर्शन गरिरहेका छन् । माइतीघरमा पुगेर उनलाई भेटेसँगै शिक्षामन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले आफ्नो योजना बजेटमा राख्न नसकेको बताउँदै यस वर्ष आवश्यक नरहेको कार्यक्रमलाई विपद्मा लैजान सकिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा लगेको बताइन् । 

ईसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाइ काम गरिरहेको जानकारी दिइन् । दरबन्दीबारे पुनरावलोकन भइरहेको बताइन् । पालिकाको शिक्षा योजना र शिक्षा कोर्स बिना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् । हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्स हुनुपर्ने बताइन् । 

गत जेठमा उनी काठमाडौँको माइतीघर मै १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वासन दिएकी थिइन् । तर माग सम्बोधन नभएपछि उनले फेरि उभिएर आन्दोलन थालेका हुन् । उनलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समेत भेट गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ