arrow

हृदयघातबाट निधन भएका ३३ वर्षे पत्रकार पुडासैनीको अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
shyamsundar-pudasaini-patra.jpg

त्रिशूली । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको शनिबार अन्त्येष्टि गरिएको छ ।

काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्याएलगत्तै निधन भएको थियो । 

शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् उनलाई तादी र त्रिशूली नदीको सङ्गम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको हो । दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासङ्घ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

नेपाल भ्युज अनलाइनमा कार्यरत पुडासैनी शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै हृदयघातका कारण अचेत भएका थिए । नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता शुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ