सानोठिमीमा एक स्कुटर दुर्घटनाः श्रीमानको मृत्यु, श्रीमती गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
861
Shares
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् ।
सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बाप्र ०२–०२८ प ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चलप्रकाश राजभण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकी स्कुटरमा पछाडि सवार मृतक राजभण्डारीकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उनले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।