पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौं - मन्त्री पाण्डे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
543
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई बढाउन सर्वपक्षीय सम्मेलन गर्नुपर्ने बताए । उनले आउँदो २०८२ सालको वैशाखमा कोशी प्रदेशमा सम्मेलन आयोजना हुने बताए ।
उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए । उक्त सम्मेलनबाट पर्यटन क्षेत्रको विकासका लागि कसले के गर्ने भन्ने निचोडमा पुगिने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालय नअलमलिएको स्पष्ट पारे । उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारले कार्ययोजना बनाएर काम गरिरहेको उल्लेख गरे ।
मन्त्री पाण्डे भने, ‘हाम्रो अहिलेको पहलकदमी भनेको अन्तरमन्त्रलय, अन्तरनिकायहरुलाई प्रभावकारी बनाउने र हाम्रो मन्त्रालयले उठान गरेका विषयहरूलाई कसरी उहाँहरुले सम्बोधन गरिदिनुहुन्छ ? र कसरी संवेदनशील भइदिनुहुन्छ भन्नेमा हाम्रो जोड छ । तीन तहको समन्वय गर्नको लागि हामी पहिलो बैठक पोखरा बस्यौँ । दोस्रो बैठक ठकाुरद्धारा बस्यौँ र तेस्रो बैठक कोशीमा हामी वैशाखमा बस्दैछौं । हामीले यही बीचमा एउटा सर्वपक्षीय सम्मेलन गर्ने भनेका छौँ । त्यो विषयगत समितिको निर्णय हो । त्यसमा हामी निजी क्षेत्र पनि राख्छौँ । समितिको प्रतिनिधित्व पनि हुन्छ । त्यसमा सरोकारवालाहरूलाई राखेर पर्यटन क्षेत्रका समस्याहरू के हुन् ? र समाधानका उपायहरू के हुन् ? त्यसमा हामी सबै पक्ष र एयरलाइन्स सञ्चालकहरूसँग छलफल गर्छौँ र एउटा निचोडमा पुग्छौँ । अगाडि बढ्ने सन्दर्भमा मन्त्रालय अहिले पनि अलमलिएको छैन । तर कामहरू कसले गर्नुपर्ने ? के गर्नुपर्ने ? कसरी गर्नुपर्ने ? भन्ने सन्दर्भमा एउटा साझा धारणा र सङ्कल्प निर्माण गर्ने गरी हामी त्यो काम गर्छौँ । त्यसको तयारी भएको छ । त्यसमा समितिको साथ सहयोगको अपेक्षा गरेका छौँ । पोखरा र भैरहवा विमानस्थललाई निजगढ विमानस्थल बनाउने कुराको औचित्य साबित होस् भनेर सरकार र मन्त्रालयले कार्ययोजना बनाएको छ । र कार्य योजनाअनुसार कतिपय कामहरू अगाडि बढेका छन् ।’