arrow

प्रधानमन्त्रीमा ओली रहे पनि सरकारको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ - कृष्ण सिटौला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
krishna-sitoula-09-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन्। मंगलबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताए । 

पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनुपर्ने आवश्यकता रहेको बताए । उनले कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहे पनि सरकारको नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताए । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको उनको दाबी छ । 

उनले भने, ‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नु छ । गरिब जनताको आर्थिक प्रगति गर्नु छ । पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ । दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्याहरू समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनु छ, सिङ्गो नेपाललाई । अहिले हामी संयुक्त सरकारमा छाँै । ठूला, ठूला पार्टीहरू कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।’

नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरूलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ