arrow

श्रीलङ्काको लागि नेपाली राजदूतमा पूर्णबहादुरको नाम सर्वसम्मत अनुमोदित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
iswari-devi-09-14.jpg

काठमाडौँ । श्रीलङ्काको लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ । आइतबार सिंहदरबारमा बसेको सङ्घीय सांसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूत र मालदिभ्सको लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो । 

बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रूपमा नेपालीको नाम अनुमोदन गरेको बताइन् । सरकारले गत मङ्सिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र मालदिभ्सको गैरआवासीय नेपाली राजदूत पदमा प्रस्ताव गरी पठाएको थियो । 

समितिले राज्यका कुनै पनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रह समेत गरेको छ । समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ