arrow

कोशी कांग्रेसको सगरमाथा जागरण अभियान पुस २४ देखि 

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ पुष १३ शनिबार
nepali-congress-flag.jpg

मोरङ । नेपाली कांग्रेस कोशी प्रदेशले पुस १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको 'कचनकवल - सगरमाथा जागरण अभियान' २४ गतेबाट मात्र सञ्चालन हुने भएको छ ।

पार्टीको १०० दिने राष्ट्रिय अभियानको समयावधि थप भएसँगै कोशी कांग्रेसले जागरण अभियानको समय परिमार्जन गरेको हो । कांग्रेस कोशी प्रदेशले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको १०० दिने अभियानको समापन पुस १६ गते हुने हुँदा जागरण अभियानको समय परिमार्जन गरिएको जनाएको छ । 

कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुस २४ गते नेपालको सबैभन्दा होचो स्थान कचनकवलमा अभियानको उद्घाटन गरिने उल्लेख छ । 

उक्त अवसरमा केन्द्रीय नेताहरुको उपस्थितिमा निःशुल्क स्वास्थ शिविर सहित विविध कार्यक्रमहरु आयोजना हुने विज्ञप्तिमा उल्लेख छ ।

गत मंसिर २२ गते विराटनगरमा सम्पन्न नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनले पुस १६ गतेदेखि 'कचनकवल - सगरमाथा जागरण अभियान' सञ्चालन गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ