यी हुन् कांग्रेसको स्वास्थ्य विभागमा मनोनयन भएका दश सदस्य
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
656
Shares
काठमाडौँ । नेपाली कांग्रेसले स्वास्थ्य विभागमा दश सदस्य मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको उक्त विभागमा बिहीबार दश सदस्य मनोनयन गरेका हुन् ।
सभापति देउवाले डा लक्ष्मीराज पाठक (कैलाली), डा मुक्तिराम श्रेष्ठ (अर्घाखाँची), डा अनिलकुमार झा (सप्तरी), डा सुमन कर्माचार्य (रामेछाप), डा सुशीलनाथ प्याकुरेल (ललितपुर), श्यामचन्द्र यादव (धनुषा), ईश्वर कार्की (झापा), विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पूजा फुँयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत) लाई मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।