arrow

खारामेलामा सुख्खा पहिरो आउँदा दैनिक कर्णाली कोरिडोर अवरुद्ध [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
karnalikarmela-pahiro.jpg

हुम्ला । कर्णाली कोरिडोर अन्तर्गत ग्युसी छारेखण्डको खारामेलामा सुख्खा पहिरो जाँदा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ । सर्केगाड गाउँपालिका वडा नं ६ को कर्णाली कोरिडोर अन्तर्गत ग्युसी छारे खण्डको खारामेला भन्ने ठाउँमा सुख्खा पहिरो जाँदा दैनिक करिब ५-६ घण्टा कर्णाली कोरिडोर अवरुद्ध हुने गरेको सडक निर्माणको जिम्मा पाएको सपना धुलिखेल जेबिका स्थानीय प्रतिनिधि लक शाहीले बताए । 

सुख्खा पहिरो नरोकिएर दैनिकजसो सडक अवरुद्ध हुने भएपछि पहिरो सफा गर्न एउटा जेसीभी स्टेनबाई पहिरो जाने स्थानमै राखेको छ । लगातार पहिरो गहिरहने भएकाले सडक संचालनमा समस्या भएको र पहिरो सफा गर्दा गर्दै पनि माथिबाट पहिरो आउने भएकाले सचेत भएर काम गर्दागर्दै २-३ पटक ढुङ्गाले लागेर मेशिनमा क्षति भएको शाहीले बताए ।

मंगलबार राति खारामेलामा करिब ३० मिटर दूरीमा सुख्खा पहिरो गएपछि दिउँसो १:३० बजेसम्म सवारी साधन आवतजावत ठप्प हुँदा सुर्खेत, नेपालगन्ज, मुगु र जिल्लाभित्र, चंखेली,सर्केगाड,अदानचुली ताजाकोटबाट सिमकोट र खार्पुनाथ गाउँपालिकासम्म आउने मालबाहक ट्रक, ट्रयाक्टर र यात्रु बोकेका बस, बोलेरो जिप र मोटरसाइकलहरु सडक खोलेपछि आफ्‌नो गन्तब्यमा जाने आशमा बसेका थिए । 

उक्त स्थानमा सधै सुख्खा पहिरो आउने भएकाले सफा गरेको ३, ४ घण्टामै पहिरोले बाटो अवरुद्ध हुने हुँदा काम गर्न पनि असजिलो भएको सडक निर्माणका प्रतिनिधिको भनाइ छ । राति १ बजेतिर आएको सुख्खा पहिलो पन्छाउन करिब २ घन्टा लागेको थियो । 

पहिरो पन्छाएर बन्द सडक चालु गरे पनि फेरि राति पहिरो आएर पुनः सडक अवरोध भए पछि बुधबार बिहान २ घण्टा लगाएर सफा गरे पनि दिउँसो जस्ताको तस्तै भएपछि समस्या भएको हो ।

एक लेनको सडक भएकाले यो सम्स्या भएको हो, दुई लेनको भए पहिरो गएपनि त्यति असर नपर्ने कार्यालयको काम बिशेषले ताजाकोटबाट सिमकोट आउदै गरेका डिभिजन बन कार्यलय हुम्लाका सहायक वन अधिकृत प्रमुख लोकजंग शाहीले बताए । अरु ठाउँ नभएपछि पहिरो जाने स्थानमा अनिवार्य दुई लेनको सडक निर्माण गर्नु जरुरी देखिएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ