कृष्ण सिटौलाको टिप्पणी - कांग्रेसले जति काम अरू कुनै पार्टीले गरेको छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
866
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरू कुनै पनि पार्टीले नगरेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताए ।
उनले संविधान सभाको कुरा नेपाली कांग्रेसले २००७ साल मै उठाएको दाबी गर्नुभयो । उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गरे । निरंकुश राणा शासनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर सङ्घर्ष गरेर लोकतन्त्र ल्याइएको बताए ।
उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली कांग्रेस पार्टीले जे जति काम गरेको छ अरू कुनै पनि पार्टीले त्यति काम गरेको छैन । यो त दाबाका साथ हामी भन्छौँ । संविधान सभाको कुरा २००७ सालमै नेपाली कांग्रेसले उठाएको कुरा हो । पहिलो पटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली कांग्रेसकै पहलमा भएको हो । तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भङ्ग भयो । फेरि बहुदलीय लोकतन्त्र भङ्ग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर सङ्घर्ष गर्यौँ ।’