arrow

विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ - प्रथम राष्ट्रपति यादव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
rambaran-yadhav-09-08.jpg

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरूमा निर्वाचन भएको स्मरण गरे । उनले सबै कुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महसुस आफूले गरेको बताए । 

उनले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महसुस हुने बताए । उनले लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भए पनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताए । 

उनले भने, ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरूमा चुनाव भएको छ । आधा भन्दा बढी जनसङ्ख्या भएका ठाउँहरूमा चुनाव भएको छ, यो २०२४ सालमा । अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ । संसारमा डेमोक्रेसीको क्षयीकरण भइरहेको छ । सुन्दाखेरी नमिठो लाग्छ । अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्ने कुरा भन्नु र सुन्नु परिरहेको छ । जबकि लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ