arrow

पूर्व रक्षामन्त्री नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
brazil-flag.jpg

काठमाडौँ ।  ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्व रक्षामन्त्री ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पुर्‍याएको आरोपमा ब्राजिलका अधिकारीहरूले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

ब्राजिलको सङ्घीय प्रहरीले अनुसन्धानमा बाधा पुर्‍याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

“ब्रागा नेट्टोलाई पक्राउ गरिएको हो,” स्रोतले जानकारी गराएको छ । 

गत नोभेम्बरको अन्त्यतिर प्रहरीले पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारो र दर्जनौँ सहयोगीलाई वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको सपथ ग्रहण रोक्न ‘कू’ को प्रयास गरेको आरोपमा अभियोग लगाउन सिफारिस गरेको थियो ।

यो सूचीमा नेट्टो पनि सामेल थिए र सन् २०२२ को चुनावमा उनको प्रतिस्पर्धी पनि थिए । 

महान्यायाधिवक्ता पाउलो गोनेटले बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध सह–षडयन्त्रकारीका रूपमा नामित आरोपलाई प्रमाणले समर्थन गर्छ कि गर्दैन भनेर अनुसन्धान गरिरहेका छन्।

करिब दुई वर्ष लामो प्रहरी अनुसन्धानपछि गोनेटले तयार पारेको ८८४ पृष्ठ लामो प्रतिवेदनमा बोल्सोनारो र अन्यलाई ‘कू’ को योजना बनाएको र ‘लोकतान्त्रिक राज्यलाई हिंसात्मक ढङ्गले अपदस्थ गर्न’ खोजेको अभियोगमा अभियोग लगाउन आग्रह गरिएको छ ।

सन् २०२२ मा लुलाले जितेको चुनावमा धाँधली भएको दाबी गर्न र सर्वोच्च अदालतलाई किनारा लगाउन आदेशको प्रयोग गर्न बोल्सोनारो र उनका सैन्य अधिकारीहरूसहित उनका केही अधिकारीहरूको मिलेमतो रहेको बताइएको छ ।

प्रतिवेदनमा भनिएको छ, “ब्राजिलका तत्कालीन राष्ट्रपति बोल्सोनारोले चुनावी पराजयपछि पनि सत्तामा रहिरहनका लागि दस्तावेज र रणनीतिको मस्यौदामा प्रत्यक्ष संलग्न रहेर ‘कू’ योजना निर्माणमा सक्रियतापूर्वक भाग लिएका थिए ।

बोल्सोनारोलाई उनका उपराष्ट्रपति तथा सर्वोच्च अदालतका न्यायाधीश लुलाको हत्या गर्ने कुलीन सैनिकको कथित योजनाबारे पनि ‘पूर्ण जानकारी’ रहेको रिपोर्टमा उल्लेख छ ।

‘ग्रीन एण्ड एलो डगर’ भनिने यो योजनाको बारेमा नेट्टोको घरमा छलफल भएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार ब्राजिलको राष्ट्रपतिको कार्यालय प्लानाल्टो दरबारमा यो छापिएको थियो।

बोल्सोनारोको लिबरल पार्टीको मुख्यालयमा नेट्टोका एक सल्लाहकारको सामानमा ‘कू’ योजनाको मस्यौदा फेला परेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ