arrow

ट्रक र बोलेरो ठाेक्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
accident-final.jpg

चितवन । चितवनमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा हाल वतन नखुलेका ३५ वर्षीय भीम कटुवाल छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गास्थित मुग्लिन-नारायणगढ सडकमा बाप्र ०३-००१ ख २५२४ नम्बरको ट्रक र बाप्र०१-०१३ च ०११३ नम्बरको बोलेरो एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका बोलेरो चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक कटुवाल सोही बोलेरोमा सवार थिए ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ