arrow

वाइडबडी प्रकरणमा सफाइ पाएर गृहजिल्ला फर्केका शाहीको भव्य स्वागत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
jumla-congress-81-8-26.jpg

हुम्ला ।  कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाली कांग्रेस हुम्लाले सिमकोटमा भव्य स्वागत गरेको छ । जिल्लामा एक वर्षपछि आएका त्यो पनि वाइड बडी जहाजको खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको आरोपमा विशेष अदालतले सफाई दिएपछि अझै उत्साहित भएर जिल्लामा भव्य स्वागत गरिएको हो ।

 हुम्ला प्रदेश सभाको ख नम्बर क्षेत्रका सांसदसमेत रहेका शाही बुधबार सिमकोट विमानस्थलमा झर्ने बित्तिक्कै विमानस्थलबाटै भव्य स्वागत गरिएको कांग्रेस हुम्लाका सभापति मोहन विक्रम सिंहले बताए ।

 पार्टी र जिल्लावासीको तर्फबाट स्वागत गर्न लाइनबद्ध शाहीको स्वागतका लागि बसेका हुम्ली जनताले स्वागत गर्न विमानस्थलबाट डेढ घण्टा समय लागेको थियो ।  

सिमकोट विमानस्थलमा कांग्रेस सभापति सिंह, पूर्वसभापति जयपति रोकाया, उपसभापति कैलाश भण्डारी र बसन्त रोकाया, कोषाध्यक्ष बबिता शाही, सचिव कृष्णबहादुर बोहरालगायत स्वागतका लागि दुई हजार भन्दा बढी मानिसको सहभागिता रहेको थियो । 

पूर्व मुख्यमन्त्रीको टोलीमा नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही, जलश्रोत तथा उर्जामन्त्री विजय बुढा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नेपाली कांग्रेस कर्णालीका प्रवक्ता दमन शाही, पूर्वमुख्यमन्त्री शाहीका स्वकीय सचिव राजबहादुर रोकाया, खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाही सहितको सहभागीता रहेको कांग्रेस सभापति सिंहले बताए । 

सिमकोट विमानस्थलबाट शाहीलाई बाजागाजाका साथ कांग्रेसको जुलुसले सिमकोट बजार परिक्रम गरेर मानसरोवर बहुमुखी क्यम्पस पुगेर हुम्ला कांग्रेसले नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत रहेका नेता शाहीलाई  नागरिक अभिनन्दन तथा सम्मान गरेको थियो ।
 

shahi-welcome-81-8-26tt (13).jpg
shahi-welcome-81-8-26tt (14).jpg
shahi-welcome-81-8-26tt (15).jpg
shahi-welcome-81-8-26tt (16).jpg
shahi-welcome-81-8-26tt (17).jpg
shahi-welcome-81-8-26tt (1).jpg
shahi-welcome-81-8-26tt (2).jpg
shahi-welcome-81-8-26tt (3).jpg
shahi-welcome-81-8-26tt (4).jpg
shahi-welcome-81-8-26tt (5).jpg
shahi-welcome-81-8-26tt (6).jpg
shahi-welcome-81-8-26tt (7).jpg
shahi-welcome-81-8-26tt (8).jpg
shahi-welcome-81-8-26tt (9).jpg
shahi-welcome-81-8-26tt (10).jpg
shahi-welcome-81-8-26tt (11).jpg
shahi-welcome-81-8-26tt (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ