प्रधानसेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
630
Shares
काठमाडौँ। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका छन् ।
साथै, उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ‘चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति सिग्देलले भारतको नयाँदिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यसैगरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।